काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलबारे रोचक टिप्पणी गरेका छन् ।
शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘खेल त बरु ५ ओभरकै खेलाउँदा , मज्जा आउने रैछ ।’
उनको यो टिप्पणीले छोटो अवधिको क्रिकेट खेलप्रतिको उत्साह झल्काएको छ । सामान्यतया २० ओभरको खेल हुने टी–२० क्रिकेट वर्षाका कारण छोट्याइएपछि ५ ओभरमा सीमित भएको थियो ।
५ ओभरको खेलमा ब्याटरहरूले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्नुपर्ने भएकाले खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने गर्छ । प्रधानमन्त्री शाहको टिप्पणी पनि यही रोमाञ्चकतासँग जोडिएको देखिन्छ ।
