• Tuesday 3rd of November 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो।

पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड तथा ठेक्का रद्दलगायत सरकारका पछिल्ला कदमको विरोध भइरहेका बेला बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ।

बैठकले महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖