काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र कांग्रेस नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाएको हो।
उक्त जग्गा सट्टापट्टा तथा बिक्रीका लागि नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले सहमति दिएको विषयमा भ्रष्टाचारको कसुरमा मुद्दा दायर गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यस प्रकरणमा ९४ जनालाई प्रतिवादी बनाइएको र ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको बताइएको छ।
विशेष अदालत स्रोतका अनुसार आरोपपत्र अध्ययन गरी मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ।
