काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
