• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

आज रमा एकादशी, लक्ष्मीकाे ब्रत बसेर मनाइदैँ


  • धनकुटा खबर
  • .

काठमाडाैं, १८ कार्तिक । रमा एकादशी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण र पवित्र मानिने पर्व हो। कात्तिक कृष्ण पक्षको एकादशी तिथिलाई ‘रमा एकादशी’ भनिन्छ। चातुर्मासको व्रत अन्तर्गत पर्ने यो एकादशी पर्व विशेष गरी भगवान् विष्णु र माता लक्ष्मीको आराधनाका लागि समर्पित छ।

 

 

माता लक्ष्मीको एक नाम ‘रमा’ पनि हो। कार्तिक कृष्ण पक्षमा पर्ने भएकाले यस एकादशीलाई ‘रमा एकादशी’ भनिएको हो। धार्मिक विश्वास अनुसार यस व्रतको पालना गर्नाले माता लक्ष्मी र भगवान् विष्णु दुवैको कृपा प्राप्त हुन्छ, जसले भक्तजनलाई सुख, समृद्धि, शान्ति र मोक्ष प्रदान गर्दछ।

 

 

रमा एकादशीको भोलिपल्ट अर्थात् द्वादशी तिथिमा गोवत्स द्वादशी पनि मनाइन्छ। यस दिन गाई तथा बाच्छाको पूजा गरी उनीहरूप्रति कृतज्ञता र श्रद्धा प्रकट गर्ने धार्मिक परम्परा रहेको छ।

 

पौराणिक मान्यता अनुसार, रमा एकादशीको व्रत बस्नाले अनकौँ यज्ञ गरे बराबरको पुण्य प्राप्त हुन्छ र यसले जानेर वा नजानेर गरिएका पापहरूबाट समेत मुक्ति दिलाउँछ। भक्तजनहरू यस दिन निष्कपट मनले विष्णु–लक्ष्मीको उपासना गरी जीवनमा शान्ति र प्रगतिको कामना गर्दछन्।

 

व्रत विधि तथा पूजाआराधना
व्रत संकल्प: यस दिन बिहानै उठेर स्नान गरी पवित्र भई भगवान् विष्णु र माता लक्ष्मीको व्रत तथा पूजाको संकल्प गरिन्छ।

पूजा सामग्री: भगवान् विष्णुलाई पहेँलो फूल, अक्षता, धूप, दीप, नैवेद्य (फलाहार वा मिठाई) र तुलसीको पात अर्पण गरिन्छ। पूजामा तुलसीको विशेष महत्त्व हुन्छ।

पाठ तथा जप: दिनभर उपवास बसी ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप, विष्णु सहस्रनाम पाठ र कथा श्रवण गरिन्छ।

द्वादशीमा पारणा: एकादशीको व्रत पूरा गरी भोलिपल्ट (द्वादशी तिथिमा) ब्राह्मणलाई भोजन गराएर वा दान दक्षिणा दिएर मात्र व्रतको पारणा (व्रत तोड्ने) गरिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖