• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा अनौपचारिक बैठक बस्ने जानकारी पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक आह्वान भएको छ । समसामयिक राजनीतिबारे कुराकानी हुन्छ,’ कार्यवाहक मुख्यसचिव दुलालले भने ।

उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीको कार्यविभाजन र समसामयिक राजनीतिबारे छलफल हुने जानकारी दिए ।

गत असोज १८ देखि २३ गतेसम्म भएको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीको कार्यविभाजन अहिलेसम्म भएको छैन । त्यही कार्यविभाजन गर्न नेताहरूबीच छलफल हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖