काठमाडौँ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार सोमबार दिउँसो ३ बजे ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पार्न सक्ने बादल विकसित भएको छ।
ती तथा आसपासका क्षेत्रका एक–दुई स्थानमा वर्षा भइरहेको र आगामी तीन घण्टामा थप केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ।
सर्वसाधारणलाई चट्याङ र प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरिन्छ।
