• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख छ ।

कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कात्तिक २६ गते बिहीबार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार भने देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

यसैगरी सोमबार राति पनि हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖