काठमाडौँ । भैरहवा उडानका लागि तयारी अवस्थामा रहेका श्री एयरलाइन्सका दुईवटा विमान टेकअफ गर्ने क्रममा अचानक समस्या आएपछि पार्किङमै फर्काइएका छन्।
दुवै विमानमा प्राविधिक समस्या आएको भन्दै उडान रोकेर पार्किङमा ल्याइएको हो।
विमानमा रहेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन अहिले तेस्रो विमानको व्यवस्था गर्ने तयारी भइरहेको छ। दुईपटकसम्म उडान रोकिएपछि विमानमा रहेका ८० जना यात्रुहरू समस्यामा परेका छन्।
यस विषयमा एयरलाइन्स र विमानस्थलले भने औपचारिक जानकारी दिएका छैनन्।
