• Monday 23rd of November 2026

नख्खुबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ नगद बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट उक्त रकम बरामद गरेको हो ।

नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वर घर भएका प्रज्वल रिजाल रहेका छन् ।

उनीहरू बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको र उक्त कम्पनीका सञ्चालक भगवान शाह रहेको खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖