काठमाडौँ । नेकपा एमालेकी राष्ट्रियसभा सांसद रामकुमारी झाँक्री सवार कारलाई बसले ठक्कर दिएको छ।
बिहीबार काठमाडौँको बबरमहलस्थित सडकमा बा ४ ख ५२३१ नम्बरको बसले झाँक्री सवार प्रदेश ३–०१ ०२४ च ५७७६ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको हो।
ट्राफिक प्रहरीका अनुसार ठक्करबाट कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनाबारे थप विवरण सार्वजनिक भएको छैन।
