• Monday 23rd of November 2026

सुन सस्तिएपछि पसल बन्द गर्न थाले व्यापारी? सुन किन्न नपाएको ग्राहकको गुनासो!


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य घटेपछि सुन किन्न चाहने ग्राहकको चाप बढेको छ। तर कतिपय ग्राहकले गहना पसलमा सुन उपलब्ध नभएको र केही पसल बन्द भेटिएको गुनासो गरेका छन्।

सुनको मूल्य घटेका बेला बिक्री गर्दा घाटा हुने भन्दै केही व्यापारीले सुन बेच्न नमानेको ग्राहकहरूको आरोप छ। अर्कोतर्फ, सुन व्यवसायीहरूले भने बजारमा पर्याप्त सुन आपूर्ति नहुँदा ग्राहकको माग पूरा गर्न कठिन भएको बताएका छन्।

विवाहको सिजनमा सुन सस्तिए पनि सहज रूपमा किन्न नपाउँदा ग्राहकहरू असन्तुष्ट बनेका छन्। व्यवसायीहरूले सुनको आपूर्ति बढाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖