तनहुँ । भरतपुरबाट शैक्षिक भ्रमणमा आएको एक विद्यालयको बसबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन्।
प्राप्त जानकारीअनुसार, विद्यार्थीलाई पिसाब फेर्नका लागि डम्पिङ क्षेत्रमा बस रोकिएको समयमा एक विद्यार्थी खसेर बेपत्ता भएका हुन्।
घटनापछि बेपत्ता विद्यार्थीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य जारी राखिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
