नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडास्थित सिग्मा–३ सेक्टरमा चोरले स्कोर्पियोको चार वटै चक्का चोरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार विकास राय नाम गरेका व्यक्तिले आफ्नो घर अगाडि स्कोर्पियो पार्किङ गरेर राखेका थिए । बिहान घर बाहिर निस्किँदा उनले आफ्नो गाडीको चार वटै चक्का गायब भएको पाए । गाडीलाई ईंटा तथा ढुङ्गामा अड्याएर राखेको अवस्थामा चक्का निकालिएको थियो ।
गाडीको टायर चोरी गरेको घटना सीसीटीभी फुटेजमा कैद भएको छ । प्रहरीले सोही सीसीटीभी फुटेजका आधारमा चोरहरूको खोजी कार्य सुरु गरेको छ ।
