• Thursday 8th of October 2026

धान खेतमा युवक मृत फेला


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका- २३ बेलास्थित धान खेतमा एक युवक मृत फेला परेका छन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बुझिएको छ ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवकको हत्या भएको आशंका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖