• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

कोरियामा सडक दुर्घटनाबाट बच्चाको ज्यान जोगाएर इनाम पाएका चौरासियाले अनाथालयलाई बुझाए


  • धनकुटा खबर
  • .

दक्षिण कोरियाको सडकमा बाटो काट्ने क्रममा दुर्घटना हुनबाट बच्चाको ज्यान जोगाएपछी कोरियन बाबुबाट एकजना नेपाली नागरिकले इनाम पाएका थिए। रौतहटका अवधेशराज चौरासियालाइ बच्चाका बाबुले ५ लाख ८५ हजार वन पुरस्कार दिएका थिए।

चौरासियाले सो रकम लिन अस्विकार गरेका थिए। उनले शनिबार काठमाडौको ललितपुर स्थित रहेको नख्खु डोल तुलसालय अनाथ द्वन्द आश्रमलाइ इनाममा पाएको २० हजार नेपाली रकम हस्तान्तरण गरेका छन्। उनले सहयोग मागका लागि धेरै आश्रमको प्रस्ताव आएको बताए। पुन विचार र आवश्यक देखेर यहि आश्रमलाई हस्तान्तरण गरेको बताए।

चौरासियाले आफ्नी श्रीमती र साथिहरुको उपस्तिथिमा आश्रमलाई रकम हस्तान्तरण गरेको बताएका छन्। उनले भविष्यमा पनि अवसर जुरे आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖