• Thursday 8th of October 2026

अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

“प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । अनुप बराल पोखरामै रहेकाले उहाँले हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिरहनु भएको छ,” अभिनेता खगेन्द्र लामिछानेले भने ।

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖