• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

यसरी आफै लुकेर अपहरणको नाटक गर्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

हेटौंडा । मकवानपुरमा आफै लुकेर अपहरणको नाटक गर्ने एक जना पक्राउ परेका छन् । आफै लुकिछिपि बसेर अपहरणको बहाना बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेर आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

यही भदौ ३ गते बिहान साढे ११ बजेको समयमा आफ्नो घरबाट हराई परिवार समेतसंग सम्पर्क बिहिन भएका मकवानपुर राक्सीराङ गांउपालिका वडा नम्बर–५ बस्ने ४६ वर्षिय कुमार प्रजाले आफै लुकेर बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले बताउनुभयो ।

उनी मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–४ नयाँबस्तीमा सुर्य बहादुर प्रजाको घरमा गई आफै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

उनी र निर्मल भन्ने सानु बाबु रुम्बा बिचमा आर्थिक लेनदेन रहेको थियो । प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्दै जाने क्रममा प्रजाको श्रीमती तथा अन्य परिवारका सदस्यहरुसंग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएको र त्यही भएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖