मेटा कम्पनीको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडेलका आइफोन तथा एन्ड्रोइड फोनमा सपोर्ट बन्द गरेको छ ।
यही अक्टोबर २४ देखि लागूहुनेगरी एन्ड्रोइड ४.४ किटक्याट र त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोनका साथै आईओएस १० र आईओएस ११ मा चल्ने आइफोनमा ह्वाट्सएपको सपोर्ट बन्द गरिएको हो । योसँगै अब पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोन तथा आइफोनमा ह्वाट्सएप चल्ने छैन ।
ह्वाट्सएपका अनुसार पछिल्ला अपरेटिङ सिस्टममा ध्यान केन्द्रित गर्नका लागि पुराना अपरेटिङ सिस्टममा सपोर्ट बन्द गरिएको हो ।
ह्वाट्सएपको आधिकारिक ब्लग पोस्टमा लेखिएको छ- केमा सपोर्ट बन्द गर्नुपर्छ भन्ने कुरा छनोट गर्नका लागि हरेक वर्ष हामीले अन्य प्रविधि कम्पनीहरुले जस्तै कुन डिभाइस र सफ्टवेयर पुरानो हो र सबैभन्दा कम मानिसहरुले त्यसको प्रयोग गरिरहेका छन् भन्ने कुरा हेर्दछौँ । ती डिभाइसमा सबैभन्दा पछिल्लो तथा अद्यावधिक सुरक्षा अपडेट नहुनुका साथै ह्वाट्सएप चलाउनका लागि आवश्यक कार्यक्षमताको पनि अभाव छ ।
स्मरण रहोस् डिभाइसको अद्यावधिक अपरेटिङ सिस्टमलाई उत्कृष्ट बनाउनका लागि मेटाले ह्वाट्सएपलाई नियमित रुपमा अपडेट गर्ने गरेको छ । जसमा मल्टी अकाउन्ट स्विचिङ तथा अतिरिक्त सुरक्षा उपायहरु जस्ता विभिन्न नयाँ फिचर्स सामेल गरिएको छ ।
Suzuki Dashain Offer
मेटाले प्रयोगकर्ताहरुलाई यी नयाँ फिचर्स तथा सुरक्षा सुधारहरु प्राप्त गर्नका लागि नियमित रुपमा ह्वाट्सएपलाई अपडेट गर्नका लागि प्रोत्साहित गर्दछ ।
ह्वाट्सएप अपडेट नगर्ने प्रयोगकर्ताहरुले विभिन्न खाले साइबर जोखिमहरुको सामना गर्नु पर्नाका साथै नयाँ सुविधाहरुबाट समेत बञ्चित हुने जोखिम रहन्छ ।
ह्वाट्सएपका अनुसार अक्टोबर २४ देखि सपोर्ट बन्द भएका स्मार्टफोनको सूची यस्तो छ :
Samsung Galaxy S2
Nexus 7
iPhone 5
iPhone 5c
Archos 53 Platinum
Grand S “lex ZTE
Grand X Quad V987 ZTE
HTC Desire 500
Huawei Ascend D
Huawei Ascend D1
HTC One
Sony Xperia Z
LG Optimus G Pro
Samsung Galaxy Nexus
HTC Sensation
Motorola Droid Razr
Sony Xperia S2
Motorola Xoom
Samsung Galaxy Tab 10.1
Asus Eee Pad Transformer
Acer Iconia Tab A5003
Samsung Galaxy S
HTC Desire HD
LG Optimus 2X
Sony Experia Arc 3
