• Thursday 8th of October 2026

कण्डम चोरी गर्ने पक्राउ, बेलुन बनाएर उडाएको प्रहरीलाई बयान


  • धनकुटा खबर
  • .

दार्चुला । बझाङको एक हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गर्ने एक जना बालकलाई प्रहरीले प्रकाउ गरेको छ ।

बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर कण्डम चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका परेका हुन् ।

उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोरेको प्रहरीलाई बताएको छ । बोहराले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङका डिएसपी भरत शाहले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖