• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

‘ज्यानमारा टिपर’ : घरबाट ड्युटी आउँदै गर्दा सडकमै अस्ताए डा. यादव


  • धनकुटा खबर
  • .

झापा । डाक्टर नीरज यादवको निधनप्रति कनकाई हस्पिटलले दुःख व्यक्त गरेको छ । आज बिहान मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर यादवको मृत्यु भएको हो ।

आज बिहान ६।१५ बजे उर्लाबारी– ४ स्थित ऊँ सत्य साई पेट्रोल पम्पनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका सप्तरी रुपनी ६ घर भएका २८ वर्षीय डा। यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए ।

डा. यादवको निधनले कनकाई हस्पिटललाई ठुलो क्षति पुगेको हस्पिटलका अध्यक्ष युवराज डाँगीले बताए । ‘एकजना मिलनसार , हँसिलो र दक्ष चिकित्सक हामीले गुमाउनु पर्‍यो ’उनले भने । एमबिबिएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ । चार दिनअघि उनी घर गएका थिए । उनी गत फागुन २७ गतेदेखि कनकाई हस्पिटलमा कार्यरत थिए । त्यसअघि उनी बीएण्डसी हस्पिटलमा काम गर्थे ।

रुपनी ६ का शुभनारायण यादवका जेठा छोरा उनले काठमाडौँको चाहना इन्टरनेशनल हाइयर एजुकेसन सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यस्तै विराट साइन्स क्याम्पस विराटनगरबाट प्लस टु गरेका थिए । त्यस्तै जानकी मेडिकल कलेज जनकपुरबाट एमबिबिएस गरेको परिवारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖