• Thursday 8th of October 2026

वडाध्यक्ष भट्टराईमाथि लेखापाल आत्महत्या दुरुत्साहनको आरोप


  • धनकुटा खबर
  • .

झापा । झापाको कमलगाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईमाथि सोही वडा निवासी एक ब्यक्तिले गरेको आत्महत्या दुरुत्साहनको आरोप लागेको छ । झुन्डिएर आत्महत्या गरेका कमल गाउँपालिका वडा न ६ का अनिल कार्कीलाई आत्महत्या गर्न लगाएको भन्दै मृतकका आफन्तजनले वडा अध्यक्षमाथि आरोप लगाएका छ्न् ।

आइतबार साँझ घरमै कार्की झुन्डिएको अवस्थामा फेला परी पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

कार्कीको मृत्यु पश्चात आफन्तले शव बुझ्न मानेका थिएनन् । घटना पश्चात प्रहरीले कार्कीको शवलाई पोस्टमार्टमका लागि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाएको जनाएको छ ।

कार्कीका मामा खेमबहादुर बुढाथोकीले जनाएअनुसार कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र निजले घरकलहकै कारण आत्महत्या गरेको हुन सक्ने जनाए ।

केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैँ–झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।

त्यसबेला वडाध्यक्ष भट्टराईले कार्कीलाई हातपातसमेत गरेको आफन्तको आरोप रहेको छ । कार्की डिभिजन वन कार्यालय पाँचथरमा कार्यरत लेखापाल हुन् ।

हाल मृतकका आफन्तजनले इलाका प्रहरी कार्यालय दमक परिसरमा घटनाको दोषीलाई पक्राउ गर्न भन्दै धर्ना दिइरहेका छ्न् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖