• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भारतीय चन्द्रयानले चन्द्रमामा फेला पार्‍यो अक्सिजन !


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले हालै अवतरण भएको चन्द्रयान-३ ले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी गरेको छ । मंगलबार एक्समा एक पोस्ट राख्दै इसरोले चन्द्रयान-३ को प्रज्ञान रोभरले चन्द्रमाको सतहमा अक्सिजन लगायत अन्य तत्त्व फेला पारेको दाबी गरेको हो ।

चन्द्रयान-३ को प्रज्ञान रोभरमा भएको लेजर इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईईबीएस) ले चन्द्रमाको दक्षिणी धुव्रमा गरेको पहिलो अन साइट मेजरमेन्टबाट विभिन्न तत्त्व रहेको पत्ता लगाएको हो । त्यसमध्ये सल्फर तत्त्व रहेको पुष्टि भइसकेको छ ।

त्यसबाहेक पनि सो यन्त्रले अल्मुनियम, क्याल्सियम, आइरन, क्रोमियम, टाइटानियम, म्याङ्गनीज, सिलिकन र अक्सिजन समेत पत्ता लगाएको छ । इसरोका अनुसार चन्द्रमाको उक्त सतहमा हाइड्रोजन खोज्ने कार्य जारी छ । यी तत्त्व फेला पार्ने एलआईबीएस उपकरण बेङ्लोरमा रहेको इलेक्ट्रो-अप्टिक्स सिस्टम नामको ल्याबमा विकास गरिएको थियो ।

इसरोले सोमबार चन्द्रमाको सतहमा प्रज्ञानले चार मिटर अग्लो क्रेटरको सामना गरेको र रोभरलाई सकुशल बाटोमा पुर्‍याएको जनाएको थियो । अगस्ट २३ मा चन्द्रमाको दक्षिणी धुव्रमा विक्रम ल्यान्डर सफलतापूर्व सफ्ट ल्यान्डिङ गरेर भारतले ऐतिहासिक सफलता हासिल गरेको थियो । यससँगै भारत चन्द्रमामा सफल अवतरण गर्ने चौथो राष्ट्र र दक्षिणी धुव्रमा यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖