• Monday 5th of October 2026

डब्लुएचओ दक्षिण पूर्व एशिया क्षेत्रको निर्देशकमा नेपाल पराजित, बंगलादेशले जित्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्व एशिया क्षेत्रको निर्देशकमा निर्वाचित भएकी छन् ।

“सदस्य राष्ट्रहरूले दक्षिण-पूर्वी एसियाका लागि क्षेत्रीय समितिको ७६ औं सत्रमा साइमा वाजेदलाई निर्वाचित गरे,” डब्लूएचओको विज्ञप्तिमा भनिएको छ।

यस पदका लागि भएको निर्वाचनमा साइमा (५०)ले नेपालका उम्मेदवार डा. शम्भुप्रसाद आचार्यलाई पराजित गरिन् ।

साइमाले एक्समा लेखिन् ‘म डब्ल्यूएचओको दक्षिण-पूर्व एशिया क्षेत्रको नयाँ निर्देशक चुनेकोमा सदस्य देशहरूलाई आभार व्यक्त गर्छु ।’

बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘नव नियुक्त क्षेत्रीय निर्देशकले फेब्रुअरी १, २०२४ मा पदभार ग्रहण गर्नेछिन्।’ साइमाले सन् २०२४ देखि २०२८ सम्म यो पद सम्हाल्ने छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖