• Thursday 8th of October 2026

भूकम्पमा परी जाजरकोट नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु


  • धनकुटा खबर
  • .

भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

सदरमुकाम खलंगामा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको सुनारले बताए ।

भुकम्पको केन्द्र बिन्दु भनिएको जाजरकोटकाे रामीडाँडा क्षेत्रमा भने टेलिफोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖