• Friday 9th of October 2026

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक १८ । गएराति गएको भूकम्पमा पारी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।

यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । यस्तै, भूकम्पमा परी १४० जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖