• Thursday 8th of October 2026

काठमाडौँको सडक पेटीमा मृत भेटिए सेनाका जवान


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा भेटिएका छन्।

लेस नायक वर्ष २६ का सुमन कार्की सडकमा मृत अवस्थामा फेला परेको गणेश दल गण जंगीअड्डा भद्रकालीका उपसेनानी रक्षा कार्कीले जानकारी दिइन्।

उनका अनुसार लेस नायक कार्की जंगी अड्डा भद्रकालीमा कार्यरत थिए। काठमाडौँकै चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भएका उनको साथमा नेपाल आर्मीको आईडी कार्ड भेटिएको छ।

आज बिहान सवा ६ बजेतिर मानिस मृत भेटिएको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖