• Thursday 8th of October 2026

भूकम्पले पुरिएका २१ जनाको सशस्त्र प्रहरीले गर्यो जिवितै उद्दार


  • धनकुटा खबर
  • .

काठमाडौं। जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट १२८ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्चिम रुकममा ३६ जनाको मृत्यु भएको हो। अहिले सुरक्षाकर्मीले खोजी तथा उद्दारको काम गरिरहेको छ।

सशस्त्र प्रहरीले २१ जनाको जिवितै उद्दार गर्न सफल भएको छ। उद्दारको लागि गृहमन्त्रालयको निर्देशनमा छिमेकी जिल्लाहरुबाट पनि सुरक्षाकर्मी परिचालन गरिसकिएको छ। काठमाडौंबाट सशस्त्र प्रहरीको मेडिकलसहितको टोली जाजरकोट उडेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖