• Thursday 8th of October 2026

तनहुँमा बस दुर्घटना : ३४ जना घाइते


  • धनकुटा खबर
  • .

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा शनिबार बिहान ५:१० बजे बस दुर्घटना भएको छ । व्यास-१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना५ख१७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालकसहित ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल, पोखरा र चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
-सम्झना रसाइली/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖