• Thursday 8th of October 2026

जाजरकोट भूकम्पमा एउटै वडाका २७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाण्डौ । जाजरकोट भूकम्पमा परी एउटै वडाका २७ जनाको मृत्यु भएको छ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ।

भूकम्पबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नंं. १४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरलगायतका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ। तीमध्ये आठबीसकोट–१४ कामात्रै २७ जना छन्। अझै भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ।

अहिलेसम्म भूकम्पमा परी जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जना गरी १३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖