• Friday 9th of October 2026

उद्धारका लागि हेलिकप्टर उतै छोडेर प्रधानमन्त्री नियमित जहाजबाट काठमाडौं फर्कंदै


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा निरीक्षण गरी फर्किंदै छन्।

उद्धारका लागि हेलिकप्टर उतै छोडेर उनी नियमित जहाजबाट काठमाडौं फर्किन लागेका हुन्।

उनी २:३० बजे नेपालगञ्जबाट काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।

आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् जाजरकोट प्रस्थान गरेका थिए।

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

भूकम्पले पारेको क्षति निरीक्षण गर्न, त्यहाँ उद्धार र खोजीको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बिहानै डाक्टरहरूको टोली लिएर जाजरकोट गएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖