• Friday 9th of October 2026

भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने


  • धनकुटा खबर
  • .

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ। शनिबार बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा गरी कम्ती एक सय ३६ जनाले ज्यान गुमाएका छन्।

शनिबार बिहान अत्यवश्यक सामाग्री तथा स्वास्थ्यकर्मीहरुको टोली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका छन्। उनले आफू चढेर गएको विमान उद्धारका लागि छाडेर नियमित जहाजमा साढे २ बजे उहाँ नेपालगन्जबाट काठमाडौं फर्केका छन्। प्रधानमन्त्री प्रचण्डले त्यहीबाट सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलाई सहयोग गर्न अपिलसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖