• Thursday 8th of October 2026

सभामुख-उपसभामुख चढेको गाडी बाग्लुङमा दुर्घटना


  • धनकुटा खबर
  • .

कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङको बुर्तिबाङमा दुर्घटनामा परेको छ।

पोखरामा प्रदेशको कार्यक्रम सकेर मध्यपहाडी लोकमार्ग हुँदै फर्किएका सभामुख नन्दा गुरूङ, उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडीसँग मोटरसाइकल ठोक्किएको थियो।

सभामुख गुरूङले आफूहरू चढेको गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको बताइन्।

उनले आफूहरूको गाडीमा सामान्य क्षति पुगेको बताइन्। अहिले सभामुख सहितका गाडीमा रहेका कर्णाली प्रदेशका पदाधिकारीहरू बुर्तिबाङमै छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖