• Thursday 8th of October 2026

तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान


  • धनकुटा खबर
  • .

एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

साथै, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने पनि एनसेलले जनाएको छ।

‘ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रूकुम (पश्चिम) र रूकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं’, एनसेलले जारी गरेको विज्ञप्तिमा भनेको छ।

यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन्। समयसीमा १५ दिनको रहने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖