• Friday 9th of October 2026

आज शोक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं – कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖