• Monday 5th of October 2026

बिहे गर्दै अभिनेता रणदीप हुड्डा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता रणदीप हुड्डा विवाहको तयारीमा छन्।

उनले प्रेमिका लिन लैशरामसँग विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ। उनीहरू यही महिनाको अन्त्यमा विवाह गर्ने तयारीमा छन्। उनीहरूको विवाहमा परिवारका सदस्य र साथीभाइ मात्रै सहभागी हुने बताइएको छ।

अभिनेता रणदीप ४७ वर्षका भए। लामो समयदेखि उनी ३७ वर्षिय लिनसँग डेटिङ गरिरहेका छन्। तर अहिलेसम्म दुवैले आफ्नो प्रेम सम्बन्धबारे खुलेर कुराकानी गरेका छैनन्।

पछिल्लो समय उनीहरू आफ्नो सामाजिक सञ्जालमा एक-अर्काको साथमा तस्बिर सेयर गर्दै आएका छन्।

रणदीप आगामी फिल्म ‘वीर सावरकर’ मा देखिँदैछन्। यसै फिल्ममार्फत उनी निर्देशकको रूपमा डेब्यू गर्दैछन्।

त्यस्तै लिनले ‘ओम शान्ति ओम, म्यारी कोम, रंगुन, मटरूकी बिजलीका मंडोला, जाने जान’ लगायत फिल्ममा अभिनय गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖