• Friday 9th of October 2026

कोशीमा एमालेले सरकारको समर्थन फिर्ता लिन लागेको हो?


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २० । आज दिउँसो १ बजे कोशी प्रदेश सभाको बैठक बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ ।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ।

एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने तयारीमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖