• Sunday 4th of October 2026

नेपालविरूद्ध बाबर अजामको अर्धशतक


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। समूह ‘ए’ को खेलमा मुल्तानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर अजामले अर्धशतक प्रहार गरेका छन्। उनले २८.२ ओभरमा ७३ बल खेलेर अर्धशतक पूरा गरे।

मुल्तानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको नेपालले चार विकेट लिइसकेको छ।
पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए।

यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिडमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
खेलमा पाकिस्तानले २९ ओभरमा ४ विकेटको क्षतिमा १३३ रन जोडेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖