• Friday 9th of October 2026

प्रसाईसँग प्रहरीले माग्यो ओलीमाथि लगाएको आरोपको प्रमाण, दिन नसके कारबाही हुने


  • धनकुटा खबर
  • .

काठमाडौं, प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग सोधपुछ गरेको छ । प्रसाईले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ अर्ब लगानी लगानी गरेको आरोप लगाएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई सोधपुछ गरेको हो ।

बयानका लागि प्रसाई आज साइबर ब्यूरोमा उपस्थित भएका थिए । उनी पटक पटक प्रहरीले बोलाउँदा पनि बल्ल आज प्रहरी समक्ष उपस्थित भएका हुन् । पटक पटकको आग्रह अटेर गरेपछि उनलाई पक्राउ गर्ने तयारीसमेत प्रहरीले गरेको थियो ।

बयानका क्रममा प्रसाईले ओलीमाथि लगाएको आरोप पुष्टि हुने कुनै पनि प्रमाण दिन नसकेको स्रोतले बताएको छ । प्रहरीले उनलाई ओलीमाथि लगाएको आरोप पुष्टि हुने प्रमाण पेश गर्न भनेको छ । प्रमाण पेश गर्न नसके कानूनी कारबाहीको लागि तयार रहन पनि प्रहरीले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖