• Sunday 4th of October 2026

पहिलो पावर प्लेमा नेपालको खराब ब्याटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो इनिङको पहिलो पावर प्लेमा खराब ब्याटिङ गरेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको नेपालले पहिलो १० ओभर ब्याटिङ गर्दा तीन विकेट गुमाएर ४७ रन बनाएको छ । हाल नेपालबाट ब्याटिङ गरिरहेका आरिफ शेख १४ सोमपाल कामी १५ रनमा खेलिरहेका छन् ।

आसिफलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । आसिफ नसिम साहको बलमा इफ्खिर अहमेदले क्याच आउट गराएका थिए । पाकिस्तानविरुद्ध ब्याटिङमा नेपालले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो ।

नेपालले पहिलो ओभरको पाँचौँ बलमा नै कुशललाई १० रनमा र त्यसपछि ब्याटिङका लागि आएका कप्तान रोहितकुमार पौडेललाई गोल्डेन डकको रूपमा गुमाएको थियो । कुशललाई पाकिस्तानका साहिनसाह अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराए । त्यस्तै, रोहित एलबीडब्लूको धरापमा परे ।

नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक डीआरएस लिए पनि कप्तान रोहितको निर्णय सही नहुँदा उनी पभेलियन फर्किए । त्यसपछि नेपालले १.४ ओभरमा आसिफ सेखलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । आसिफ पाँच रनमा आउट भए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖