• Friday 9th of October 2026

१५ वर्षीय मोहोन र १३ वर्षीय विक्रम ६ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी, २४ कात्त्कि । डोटीका दुई बालक ६ दिनदेखि बेपत्ता भएका छन्।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर-१ कपल्लेकी मल्लो खातिगाउँका १५ वर्षीय मोहोन थापा र सोही वडाका १३ वर्षीय विक्रम टमट्टा ६ दिनदेखि सम्पर्क विहीन रहेको पारिवारिक स्रोतले बताएको छ।

उनीहरु कैलालीको अत्तरिया पुगेको खबर प्राप्त भएकाले कैलालीमा खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदनसमेत दिएको परिवारले जनाएको छ। साथै कसैले देखे वा कसैको सम्पर्कमा भए नजिकैको प्रहरी तथा ९८४५००५११५ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖