• Friday 9th of October 2026

चोरी भएको सामान तीन दिनपछि घर धनिकै आँगनमा भेटिएपछि…


  • धनकुटा खबर
  • .

बाँके । बाँकेमा केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको छ ।
बिज्ञापन

बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरी भएको थियो ।

सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा उजुरी दिएको उनले जानकारी दिए। “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौँ” उनले भने, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले शुक्रबार राति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो।” उनले भने।

घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖