• Friday 9th of October 2026

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि गगन थापाको टिप्पणी : सरकार उल्टो कदम हिँडेको छ


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले सरकारको टिकटक बन्द गर्ने निर्णय उल्टो कदम भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्-

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।

यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖