• Friday 9th of October 2026

हात्तीवनमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्व रथिसहित ८ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौ – ललितपुरको हात्तीवनमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्व रथिसहित ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई झण्डै १७ लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पनि पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖