• Friday 9th of October 2026

यि रहेछन् खुर्पाले हानेर बाबुको हत्या गर्ने छोरा


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा १७ बिरौटामा छोराले खुर्पाले हानेर बाबुको हत्या गरेका छन् । गोधुली संसार पथका रविन क्षेत्रीले ५२ वर्षका बाबु रामु क्षेत्रीको हत्या गरेका हुन् ।

रविनलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ । खुर्पाले हानेर घाइते भएका रामुको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको मृत्यु भएपछि प्रहरीले रविनको हुलिया सार्वजनिक गरेको थियो । सोही सूचना हेरेर पाल्पा प्रहरीले प्रभासबाट ग२०प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनलाई पोखरा ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖