• Sunday 4th of October 2026

चीनको नक्साविरुद्ध बालेनको कदम : ५ दिने भ्रमणमा नजाने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

उनले भनेका छन् : ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖