• Friday 9th of October 2026

गोली हानेर पक्राउ अभियुक्त


  • धनकुटा खबर
  • .

बाँके : बाँकेमा प्रहरीले शुक्रबार बिहान गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ।बाँके प्रहरीका एसपी सुवासचन्द्र बोहराले जिल्लाको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई पक्राउ गरिएको जानकारी दिए। रानाको खुट्टामा गोली लागेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका उनले भाइटीकाका दिन राति कोहलपुरमा मीनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएको आरोप छ।त्यसयता फरार उनलाई खोजीका क्रममा प्रहरीले जानकी गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो।

खोजतलास गर्ने क्रममा आज बिहान १०:५५ बजे जानकी गाउँपालिका–४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेका बेला नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई धकलपकल गरी भाग्दै गर्दा प्रहरी टोलीले ३ राउन्ड फायर गरी आकाशलाई नियन्त्रणमा लिएको बाँके प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उनीविरुद्ध बालिका बलात्कार अभियोगमा यही कात्तिक २८ गते प्रहरीमा उजुरी पनि परेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖