• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चुनावको एक वर्षपछि रामकुमारीको दाबी- संकल्प अधुरै रहेपनि मतदातासँगको बाचा पूरा गरेको छु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गत वर्षको निर्वाचनमा आफ्ना मतदातासँग गरेका बाचा पूरा गरेको बताएकी छन् । निर्वाचन भएको एक वर्षपछि उनले आफ्नो केही संकल्प अधुरै रहेपनि मतदातासँग गरेको बाचा पूरा गरेको जिकिर गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘गत वर्षको निर्वाचनमा मैले आफ्ना मतदातासँग गरेका बाचा भने पूरा गरेको छु । नक्कली आश्वासन थिएनन् मेरा । मेरा त ठोस ठोस कामका प्रस्ताव थिए । अधुरा आयोजनालाई पूरा गर्ने । बस्ती विकासको योजना कार्यान्वयन गर्न बस्तीबस्ती जोड्ने सडक/बाटो निर्माण गर्ने ।’

गत मंसिर ४ को निर्वाचनमा झाँक्री गुल्मी २ मा एमालेको गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।

उनको भनाइ जस्ताको तस्तैः
गत वर्षको निर्वाचनमा मैले आफ्ना मतदातासँग गरेका बाचा भने पूरा गरेको छु। नक्कली आश्वासन थिएनन मेरा। मेरा त ठोस ठोस कामका प्रस्ताव थिए। अधुरा आयोजनालाई पूरा गर्ने। बस्ती विकासको योजना कार्यान्वयन गर्न बस्तीबस्ती जोड्ने सडक/बाटो निर्माण गर्ने। सघन सहरी कार्यक्रम अन्तर्गत रेसुंङ्गा र मूसीकोटमा भइरहेका करिब एक अर्बका कार्यक्रम ।

रेसुङ्गा सभाहल, तम्धास जीव पार्क, तम्घास बजारलाई ओभरले गर्ने लगायतका मेरो पालामा सुरू भएका यस्ता महत्वपूर्ण योजनाहरू कार्यान्वयनमा छन्। कतिपय सकिएका पनि छन्। स्थानीय जनप्रतिनिधिहरूले कामको सूरूवात गरेको, योजना अनुगमन गरेको फोटोहरू सामाजिक संजालमा देख्दा खुसी लाग्छ।

अनि पुरानो स्थानीय पूर्वाधार विकास विभागसँगका पुलहरू सडकहरू, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्धास सिम्लटारी सडक खण्डका पुलहरू अलपत्र पार्ने ठेकेदारहरूलाई कार्वाहीको दायरामा ल्याउने, भनभने हुदै प्यूठानसम्मको सडक, सालझण्डी ढोरपाटन सडको, राङ्बास,पटौटी हुदै तम्घास एयरपोर्ट जोड्ने बाटो, ईन्द्रेगौडा वामीको बाटो मूसीकोट मैदाना हुदै ढोरपाटनमा जोड्ने बाटोका कामहरू अगाडि बढेका छन्।

कंकेदेउराली ड्यामको सम्भाव्यता अध्ययनको काम पनि अगाडि बढेको छ । ढोरपाटन सडकको पुर्कोटको समस्याको पनि एकहदसम्म समाधान भएको छ। मालिका खण्डको कामको पनि कुरा अगाडि बढेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖