• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणीको कर्मचारी, सरकारी वकिल, राजपत्रांकित द्धितीय श्रेणीको उपसचिव ९राजश्व०, प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीको डाटा एनाइलाइटिस्ट थप हुने भएका छन् ।

मन्त्रिपरिषद्ले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖