• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल चिनियाँ ऋणको पासोमा पर्ने जोखिम !


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ मंसिर । पोखरा अनतर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । तर, अहिलेसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू हुन सकेको छैन् । चीनबाट एक/दुई वटा चाटर्ड फ्लाईटबाहेक व्यवसायिक उडान हुन सकेको छैन् । विमानस्थल तामझामका साथ उद्घाटन गरिएपनि एक वर्षसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विजनेस शून्यप्रायः छ ।

आन्तरिक रुपमा भने नियमित उडान भैरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि नेपाल चीनको ऋणको पासोमा फसेको चर्चा तथा परिचर्चा हुन थालेको छ । यो विमानस्थल चीनको एक्जिम बैंकबाट २८ अर्ब रुपियाँ भन्दा बढी ऋण लिएर निर्माण गरिएको हो ।

अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि अहिले चिनियाँ ऋण तिर्न धौ–धौ भैसकेको छ । यो विमानस्थल निर्माण गर्नुअघि नै विज्ञहरुले चिनियाँ ऋणको पासोमा नफस्न सुझाव दिएका थिए । उनीहरुले यति धेरै ठूलो ऋण लिएर विमानस्थल बनाउनु भनेको देशलाई डुबाउनुबाहेक केही हुँदैन भनेका थिए । नभन्दै अहिले अन्तर्राष्ट्रिय उडान हुन नसक्दा देश टाट पल्टिने अवस्थामा छ ।

सरकारका प्रतिनिधिहरुले यो विमानस्थल बिआरआईअन्तर्गत नभएको दाबी गरिरहँदा नेपालका लागि चिनियाँ राजदूतले यो परियोजना पनि बीआरआईअन्तर्गत नै भएको दाबी गरिदिएका थिए । यसले पनि धेरै नै प्रश्न उब्जिएको छ । नेपालमा चिनियाँ ऋण लिन नहुने विज्ञहरुको सुझाव रहँदै आएको छ ।

चीनसँग अनुदानबाहेक ऋण लिनु भनेको नेपाल चीनको ऋणको पासोमा पर्नु उनीहरुको सुझाव छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरीदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने विमानस्थल सञ्चालन अधिकारीहरुको दाबी थियो । तर, यत्तिका महिना बितिसक्दापनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् भएको जानकारहरुको टिप्पणी छ ।

कतिपयले भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्टरनेश्नल फ्लाईट नै भएपनि अर्थात् पूर्ण क्षमतामा विमानस्थल सञ्चालनमा आएपनि यसले ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था उत्पन्न हुनसक्ने कुरा विज्ञहरुले विभिन्न समयमा भनिरहेको कुरा हो ।
कतिपयले त यही विमानस्थल निर्माणको लागि लिएको यत्रो परिमाणको ऋणको कारण नेपालपनि श्रीलंका, अंगोला, जाम्बिया र केन्या जस्तै चिनियाँ ऋणको पासोमा पर्ने जोखिम बढेको भनेर चिन्ता व्यक्त गरेका थिए ।

तर, अहिले विमानस्थलबाट आन्तरिक उडानमात्रै हुनु र त्यसमा पनि आशातित व्यापार नहुनुले यसअघि गरिएका चिन्ता जायज हुनसक्ने अर्को टिप्पणी सुरु भएको छ ।

हालै यही विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि चिन्ता व्यक्त गरेका छन् । उनले फेशबुकमार्फत ‘तिर्ने कि छिर्ने?’ शीर्षकमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । उनले पोखरा एयरपोर्टको ऋणमा नेपाली परेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖